Sagun Khabar
क्यान्सर पीडित बैतडीका जनकको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ धुलिधारका जनकबहादुर बिष्टलाई उपचारमा आर्थिक अभाव भएको छ । 

क्यान्सरका कारण बाँया खुट्टा काटेर उपचार गराइरहेका बिष्टको अर्को खुट्टामा समेत संक्रमण हुन थालेको उनका छोरा रमेश बिष्टले बताए । 

गएको ७÷८ बर्षदेखि क्यान्सरसँग लडिरहेका बिष्टको दाँया खुट्टामा समेत समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी भएको छ । तर आर्थिक अभावमा उपचारका लागि जान सकिने अवस्था नरहेको बिष्टले बताए । 
बाँया खुट्टामा क्यान्सर संक्रमण भएपछि उनको खुट्टाको घुँडामुनिको भाग काटेर फालिएको थियो । तर पछिल्लो समयमा दाँया खुट्टामा समेत संक्रमण देखिएकाले समस्या भएको उनका छोरा रमेशले बताए । उनले भने, ‘बुवाको उपचारमा आर्थिक अभाव भएको छ । पहिला उपचार गराउँदा धेरै पैसा खर्च भइसकेको छ । फेरि अर्को खुट्टामा समस्या देखिएको छ । तर आर्थिक अभाव हुँदा अस्पताल लैजान सकिएको छैन् ।’

जनकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सक्दो सहयोग गरिदिन अनुरोध गरिएको उनका छोरा रमेशले बताए । जनकको उपचारमा सहयोग गर्न चाहने मनकारी व्यक्तिहरुले उनका छोरा रमेश बिष्टको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर ०६५०५०५०२९१५९० मा रकम जमा गर्न सक्नेछन् । 

मनकारी व्यक्तिहरुको सानो सहयोगले बुवाको प्राण रक्षामा सहयोग पुग्ने भएकाले सकेजतिको सहयोग गरिदिन रमेशले अपिल गरेका छन् । जनकको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी चाहनेहरुले मोबाइल नम्बर ९८६५७०१९२८ मा सम्पर्क गर्न सक्नेछन् । 
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update