बैतडीका एक युवक भारतबाट बेपत्ता
बैतडी –बैतडीका एक युवक भारतबाट बेपत्ता भएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँ घर भएका २४ बर्षीय गोकर्ण जोशी भारतको चण्डीगढबाट बेपत्ता भएका उनका दाजु लक्ष्मणदत्त जोशीले बताए ।
भारतको हिमाञ्चलबाट घर फर्कदै गरेका जोशी पौष १० गते चण्डीगढबाट बेपत्ता भएका र अहिलेसम्म सम्पर्कमा नआएका उनले बताए ।
जोशी गएको एक बर्षदेखि भारतको हिमाञ्चलमा काम गर्दै आएका थिए । घर फर्कने क्रममा उनी बेपत्ता भएपछि घरपरिवारमा चिन्ता छाएको छ ।
बेपत्ता जोशीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८८३७२३२ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२ १७:४५
प्रतिक्रिया दिनुहोस्




