Sagun Khabar
कांग्रेसको समानुपातिक बन्द सूचीमा बैतडीका बमसहित सुदूरपश्चिमका एघार जना 

बैतडी–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसले सुदूरपश्चिमका एघार जना उम्मेदवारको नाम समावेश गरेको छ । 

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा १ सय १० जना उम्मेदवारमध्ये एघार जना सुदूरपश्चिमका रहेका छन् । 

उक्त सूचीमा बैतडीका दिपेन्द्रबहादुर बमसहित सुदूरपश्चिमका सबै जिल्लाबाट उम्मेदवारहरुको नाम समावेश गरिएको छ । नेपाली कांग्रेस बैतडीले बमसहित नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी र नेता प्रतापसिंह ठगुन्नाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिश गरेको थियो । ती मध्ये बमको नाम समानुपातिक उम्मेदवारमा समावेश भएको हो ।  

यस्तै दार्चुलाबाट करबीरसिंह कार्की, डडेल्धुराबाट हरिना कामी, बझाङबाट सुन्दर स्नेही, डोटीबाट प्रसीस महरा, अछामबाट टेकबहादुर विक र बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम समावेश गरिएको छ । 

यस्तै कैलालीबाट यज्ञनिधि कोइराला र रीताकुमारी चौधरीको नाम समावेश गरिएको छ । कांग्रेसको समानुपातिक बन्द सूचीमा कञ्चनपुरबाट पनि दुई जनाको नाम समावेश गरिएको छ । कञ्चनपुरबाट तौला राना र कल्पना केसीको नाम समावेश गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update