Sagun Khabar
पाटनमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी – बैतडीको पाटनमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । 

कृष्ण मावि पाटनको खेलमैदानमा एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गरिएको हो । 

प्रतियोगितामा नगरपालिकाभरी १६ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले बताए । नगरपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीहरु समावेश गरि जिल्लास्तरीय प्रतियोगिताका लागि नगरपालिकाको टीम तयार पारिने शिक्षा शाखा प्रमुख पाण्डेयले जानकारी दिए । 

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन भइरहेका छन् । 

पाटन नगरपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष रमेश बोहराको अध्यक्षतामा भएको प्रतियोगिता समुद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगिता उद्दघाटन सत्रमा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, पूर्व नगर प्रमुख केशवबहादुर चन्द, विभिन्न वडाका वडा अध्यक्ष, रास्वपाका नेता हरिमोहन भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update