Sagun Khabar
चुनावी तयारीसँगै पालिका अधिवेशनमा केन्द्रित राप्रपा बैतडी 

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा चुनावी तयारीसँगै पालिका अधिवेशनमा तिव्रता दिएको छ । 

जिल्लाका १० ओटै स्थानीय तहमा अधिवेशन गरेर यसै महिना जिल्ला अधिवेशन गर्ने तयारी रहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये ६ ओटा अधिवेशन सम्पन्न गरिसकेको राप्रपाले जनाएको छ । 

बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अधिवेशन सम्पन्न गरिसकेको अध्यक्ष भट्टले बताए । 

अधिवेशनमा राप्रपाकातर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिश भएका भुपेनबहादुर चन्दको सहभागिता रहने गरेको छ । उम्मेदवार चन्दसँगै राप्रपाको जिल्ला कार्यसमिति र अन्य नेताहरुको उपस्थितीमा पालिका अधिवेशन गर्ने गरेको अध्यक्ष भट्टले बताए । 

पालिका अधिवेशनका साथै राप्रपाको चुनावी एजेण्डको बिषयमा नागरिकसँग छलफल गर्ने गरेको अध्यक्ष भट्टले बताए । 

प्रत्यक्षतर्फ उम्मेदवार सिफारिश गरिएको भुपेनबहादुर चन्द पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् । बैतडीमा विगतमा राप्रपाले दुईओटै सीटमा जित हासिल गरेको इतिहास रहेकाले सोही इतिहास दोहर्याउन आफूहरु सक्रिय रहेको अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update