Sagun Khabar
नेकपा बैतडीद्वारा समानुपातिक उम्मेदवारको नाम सिफारिश 

बैतडी–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले आगामी निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिश गरेको छ । 

नेकपाको जिल्ला कमिटिले सर्वसम्मत रुपमा समानुपातिकतर्फ ६ जना आकांक्षीको नाम सिफारिश गरेको नेकपा बैतडीका नेता शंकर भण्डारीले बताए । 

खस आर्य पुरुषतर्फ दलबहादुर धामी र लालसिंह कार्की,महिला तर्फ माया भट्ट र पार्वती नेगी, दलिततर्फ राजुराम भुल र लछिराम विकको नाम सिफारिश गरिएको भण्डारीले बताए । उनीहरुको पार्टीको केन्द्रीय कार्यालयमा सिफारिश गरिएको बताइएको छ । 

प्रत्यक्षतर्फका उम्मेदवारको नाम भने केही दिनपछि सिफारिश गरिने भण्डारीले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update