Sagun Khabar
राप्रपा सिगासको अध्यक्षमा पंकज चन्द चयन 

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिगास गाउँकार्य समितिको अध्यक्षमा पंकज चन्द चयन भएका छन् ।

राप्रपाको बिहीबार सम्पन्न भएको सिगास गाउँपालिका अधिवेशनले चन्दको अध्यक्षतामा ३१ सदस्यीय गाउँकार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

उक्त समितिको उपाध्यक्षमा प्रेम धामी, महिला उपाध्यक्षमा कमला धामी, सचिवमा पुष्कर विक, कोषाध्यक्षमा बिमला उपाध्याय लगायत अन्य सदस्यहरु रहेका छन् । 

राप्रपाले १० ओटै पालिकाको अधिवेशन गर्ने सिलसिलामा बिहीबार सिगासमा अधिवेशन सम्पन्न गरेको अध्यक्ष भट्टले बताए । यसअघि दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा अधिवेशन सम्पन्न गरिएको उनले बताए । यो महिनाभित्रै जिल्ला अधिवेशन गरिसक्ने कार्यतालिका रहेको उनले बताए । 

सिगासमा सम्पन्न भएको अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य गोविन्द खडायत, जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्ट, नेता केशवबहादुर चन्द, प्रतिनिधि सभाका उम्मेदवार भुपेनबहादुर चन्द, जिल्ला उपाध्यक्ष देवबहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update