बैतडी –बैतडीको शिवनाथ गाउँपालिका–२ स्थित जेनजी शहीद परिवारको घरमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले भेटघाट गरेको छ ।
जेनजी शहीद दिपकसिंह साउँदको परिवारसँग बुधबार भेटघाट गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शहीद परिवारको अवस्थाका बिषयमा जानकारी लिनका लागि आफूहरु शहीद परिवारकै घरमा पुगेको उनले बताए ।
शहीद साउँदको घरमा पुगेर उनका परिवारलाई नेपाल राजपत्रमा प्रकाशित जेनजी शहीदहरुको नामावलीसहितको फोटो हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
शहीद परिवारलाई यसअघि नै सरकारकातर्फबाट १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शहीद परिवारलाई रोजगारीसँग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न पनि आफू त्यहाँ पुगेको उनले बताए ।
शहीद साउँदको परिवार धेरै पढेलेखेका सदस्य नभएकाले उनीहरुलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ त्यो बिषयमा सरोकारवाला निकायहरुसँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
शहीद परिवारसँग भेटघाटका लागि प्रमुख जिल्ला अधिकारी पौडेलका साथै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।




