Sagun Khabar
बैतडीको पञ्चेश्वरमा एक युवक मृत फेला 

बैतडी–बैतडीको पञ्चेश्वरमा एक युवक मृत फेला परेका छन् । 

पञ्चेश्वर गाउँपालिका–१ हल्दुविनायकका अन्दाजी २५ बर्षीय तेजबहादुर चन्द बुधबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

मंगलबार भारत जान्छु भनि घरबाट निस्केका चन्द बुधबार बिहान पञ्चेश्वर गाउँपालिका–४ स्थित चौंडाली भन्ने ठाउँमा सडक किनारमा मृत फेला परेका प्रहरी निरीक्षक बडूले बताए । 

प्रहरी निरीक्षक बडू नेतृत्वको टोली घटनास्थलमा खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update