Sagun Khabar
हल गोरु पाल्ने किसानलाई प्रोत्साहन : बैतडीका चार पालिकाका २ सय किसान लाभान्वित हुने 

बैतडी–बैतडीमा हल गोरु पाल्ने किसानहरुलाई प्रोत्साहन रकम प्रदान गरिने भएको छ । जिल्लाका चारओटा स्थानीय तहका २ सय जना किसानलाई प्रोत्साहन रकम प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । 

जिल्लाका शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिकाका २ सय जना किसानहरुलाई प्रति किसान ५ हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइने पन्तले बताए । 

उक्त प्रयोजनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सूचना आह्वान गरेको र पौष २७ गतेसम्म सम्बन्धित पालिकाको पशु सेवा शाखामा प्रस्ताव पेश गर्न सकिने पन्तले बताए । 

छनौटमा परेका पालिकामध्ये प्रत्येक पालिकाका ५०÷५० जना किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइने पन्तले बताए । 

हल गोरु पालेका किसानहरुलाई फोटोसहित आवेदन दिन आग्रह गरिएको छ । किसानहरुले परम्परागत रुपमा हल गोरु पालन गरेको हुनुपर्ने, सम्बन्धित वडाबाट हल गोरु पालेको सिफारिश पत्र हुनुपर्ने लगायतका मापदण्डहरु राखिएको छ । 

हल गोरु पाल्ने किसानहरुमध्ये पनि न्यून आय भएका र दुर्गम क्षेत्रका किसानहरुलाई प्राथमिकता दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए । हल गोरुबाटै जिविकोपार्जन गरिरहेका किसानहरुलाई छनौटमा प्राथमिकता दिइने उनले बताए । 

प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९ ओटै जिल्लामा यो कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । हल गोरु पाल्ने कामलाई प्रोत्साहित गर्न यो कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । 

Hal-Goru-1766491569.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update