Sagun Khabar
बैतडीको सित्तड गाविसका पूर्व अध्यक्ष जोशीको निधन 

बैतडी–बैतडीको तत्कालिन सित्तड गाविसका अध्यक्ष पण्डित अम्बादत्त जोशीको निधन भएको छ । 

जोशीको ९१ बर्षको उमेरमा सोमबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको उनका भतिजा देवराज जोशीले बताए । 

बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तड घर भएका जोशी पछिल्लो समय महेन्द्रनगर बस्दै आएका थिए । 

केदार, सिद्धनाथ र भगवतीका पूजारी समेत रहेका जोशी २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट सित्तड गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनले सित्तड गाउँपञ्चायतको उपप्रधान र पञ्चायत सचिव पदमा रहेर काम गरेका थिए । 

समाजसेवी जोशीकै पहलमा भगवती मावि सित्तडलाई माध्यमिक तहसम्मको पढाइ हुने शैक्षिक थलोको रुपमा विकसित गरिएको थियो । 

पूजारी, पुराना राजनीतिज्ञ र समाजसेवी जोशीको निधनले सित्तड क्षेत्र शोकमा डुबेको छ । 

जोशीको कञ्चनपुरको भुजेलाघाटस्थित आर्यघाटमा आज अन्तेष्टी गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेसले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । 

मृतक जोशीका तीन छोरा र एक छोरी रहेका छन् । उनका श्रीमतीको पनि यसअघि नै निधन भइसकेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update