Sagun Khabar
राप्रपा बैतडीले पालिका अधिवेशन थाल्यो, दनपाको नगर समिति अध्यक्षमा कार्की चयन

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा पालिका अधिवेशन शुरु गरेको छ । जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीको अधिवेशन गर्ने लक्ष्यसहित दशरथचन्द नगरपालिकाबाट अधिवेशन शुरु गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

दशरथचन्द नगरपालिकामा आज सम्पन्न भएको अधिवेशनले दिवानसिंह कार्कीको अध्यक्षतामा २५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको अध्यक्ष भट्टले बताए । 

राप्रपाको दशरथचन्द नगर अधिवशेनमा जिल्ला अध्यक्ष भट्टका साथै नेता भुपेनबहादुर चन्द, अम्बिका भण्डारी, देवेन्द्र माल लगायतको उपस्थिती रहेको थियो । 

जिल्लाका सबै स्थानीय तहको अधिवेशनपछि यसै महिना जिल्ला अधिवेशन समेत सम्पन्न गर्ने लक्ष्य रहेको राप्रपा जिल्ला अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update