Sagun Khabar
पाटन–४ मा रास्वपाको वडा समिति विस्तार 

बैतडी–बैतडीको पाटन नगरपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति विस्तार गरेको छ । 

शनिबार भएको भेलाले सीता विक सभापति रहने गरेर ९ सदस्यीय वडा समिति गठन गरिएको रास्वपाका पाटन नगर सभापति तिलकबहादुर चन्दले बताए । समितिको उपसभापति पछि तोकिने जनाइएको छ । 

उक्त समितिको सचिवमा निरज महरा, कोषाध्यक्षमा द्रोपती मडै महरा लगायत अन्य सदस्यहरु रहेका छन् । 

वडा समिति गठन प्रक्रियामा नगर सभापति चन्दका साथै नगर समिति सचिव भरतसिंह बिष्टको समेत उपस्थिती रहेको थियो । 

यस्तै यही पौष १८ गते पाटन खुलामञ्चमा रास्वपा जिल्ला समितिको विस्तारित बैठक हुने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update