बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दसहित प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिश गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
राप्रपाले भुपेनबहादुर चन्द, इन्द्रदेवशरण भट्ट र नवीना शाही चन्दको नाम प्रत्यक्षतर्फ सिफारिश गरेको छ ।
यस्तै समानुपातिकतर्फ गणेश चन्द, अम्बिका भण्डारी र जिते महरको नाम सिफारिश गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
राप्रपाले प्रतिनिधि सभा सदस्यका लागि पूर्व प्रधानमन्त्री चन्दका छोरा भुपेनबहादुर चन्दलाई पहिलो नम्बरमा सिफारिश गरेको छ । अन्य कुनै प्राविधिक समस्या नआएमा चन्द नै सर्वसम्मत उम्मेदवार हुने अध्यक्ष भट्टले बताए ।
अभिनेता समेत रहेका चन्दलाई चुनावी मैदानमा उतारेर राप्रपाले बैतडीमा आफ्नो पुरानो साख फर्काउने कोशिश गरिरहेको छ । बैतडी पूर्व प्रधानमन्त्री चन्दको गृह जिल्ला भएकाले राप्रपाले आफ्नो शक्ति फर्काउन कोशिस गरिरहेको बताइएको छ ।




