बैतडी –बैतडी सदरमुकाम गोठलापानीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सम्पन्न भएको छ ।
विभिन्न बाम घटकहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भएपछि पार्टीको एकताका बिषयमा आम नागरिक र कार्यकर्तालाई जानकारी गराउन एकता सन्देश सभाको आयोजना गरिएको नेकपा बैतडीका नेता शंकर भण्डारीले जानकारी दिए ।
नेपाली कम्युनिष्ट पार्टीको नीति,सिद्धान्त र औचित्यका बिषयमा आम नागरिकलाई जानकारी गराउन सन्देश सभाको आयोजना गरिएको भण्डारीले बताए ।
विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि शक्ति प्रदर्शनको रुपमा समेत नेकपाले एकता सन्देश सभाको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने क्रममा आज बैतडीमा सन्देश सभा सम्पन्न गरिएको भण्डारीले बताए ।
सन्देश सभामा नेकपाका बरिष्ठ नेता भीम रावल, भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, शेरबहादुर कुँवर, परमानन्द भट्ट, नरेन्द्र कुँवर, प्रेमप्रकाश भट्ट लगायतको सहभागिता रहेको थियो ।
सन्देश सभामा बोल्दै नेताहरुले नागरिकको विकास र परिवर्तनको चाहनालाई पूरा गर्न नेपाली कम्युनिष्ट पार्टी गठन भएको बताएका छन् ।




