Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु  

बैतडी –बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । 

जिल्लाको मेलौली नगरपालिका–२ सलेनाकी ७२ बर्षीय लक्ष्मी भट्टको भीरबाट लडेर मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

मंगलबार बिहान स्याउला काट्न भनि घर नजिकैको जंगलमा गएकी भट्ट नफर्केपछि खोजी गर्दै जाँदा उनी दिउँसो ४ बजेको समयमा स्थानीय ल्वापा भीरबाट लडेर मृत अवस्थामा फेला परेकी प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update