Sagun Khabar
बैतडीको पाटन वडा न ९ द्धारा जेष्ठ नागरिक र एकल महिलालाइ न्यानो कम्बल बितरण

बैतडी-  बैतडीको पाटन नगरपालिका वडा न ९ ले न्यानो कम्बल बितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२ -८३ को बार्षिक स्वीकृत  बजेट बाट वडा भित्र स्थायी बसोबास गर्ने ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र एकल महिला गरेर १९४ जना लाई आज एक समारोहका बिच न्यानो कम्बल वितरण गरेको वडा सदस्य प्रेम सिह भाटले बताए । 

जसमध्ये १३७ जना जेष्ठ नागरिक र ५७ जना एकल महिला लाई कम्बल वितरण गरिएको हो । वडा अध्यक्ष कालू सिंह भाटको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नगर प्रमुख गौरी सिंह रावल प्रमुख अतिथि रहेका थिए ।
वडा नं. ९ को चालू आ.व. २०८२÷०८३ को वार्षिक स्वीकृत बजेट अन्र्तगत ३ लाख ५० हजारको लागतमा न्यानो कम्बल बितरण गरीएको वडा अध्यक्ष कालु सिह भाटले बताए ।

वडाका तर्फबाट जेष्ठ नागरिकलाई केही सम्मान होस भनेर आफूहरुले कम्बल वितरण गरेको वडा अध्यक्ष भाटले बताए ।  

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update