बैतडी–लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तिम दिन आज सुर्नया गाउँपालिकामा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।
गाउँपालिकाको केन्द्रमा हिंसा न्यूनीकरणका बिषयमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् । स्थानीयहरुको सहभागितामा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको उनले बताइन् ।
समाजमा अहिले पनि विभिन्न कारणले लैङ्गिक हिंसाका घटना भइरहेका त्यस्ता घटनाहरुको रोकथामका लागि जनचेतनामूलक नाटक प्रदर्शन गरिएको उपाध्यक्ष बोहराले बताइन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत यसअघि आठओटै वडामा वक्तृत्वकला प्रतियोगिता र अन्तरक्रियात्मक छलफल सम्पन्न गरिएको उपाध्यक्ष बोहराले बताइन् । वडाभरीका माध्यमिक विद्यालयहरुका सहभागितामा प्रत्येक वडामा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको उनले बताइन् ।
यस्तै अभियानको अन्तिम दिन आज कार्यक्रममा सहभागी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको बताइएको छ ।
यो बर्ष ‘प्रविधिको सही प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित अभियानको सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत जिल्लाभरीका स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।




