बैतडी–नेपाल शिक्षक संघ बैतडीले शिक्षा विकास तथा समन्वय इकाइलाई ज्ञापन पत्र बुझाएको छ ।
स्थानीय तहहरुले शिक्षकहरुलाई स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था भएको भएपनि त्यो व्यवस्था कार्यान्वयन नभएकाले शिक्षा विकास तथा समन्वय इकाइलाई शुक्रबार ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक संघ बैतडीका सचिव नारायण जोशीले बताए ।
बैतडीसहित ३९ जिल्लाका स्थानीय तहहरुले शिक्षकहरुले पाउनुपर्ने स्थानीयभत्ता उपलब्ध नगराएकाले कानुन अनुसार पाउनुपर्ने भत्ता उपलब्ध गराइदिनका लागि पहल गर्न शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीलाई ज्ञापन पत्र बुझाएको जोशीले बताए ।
शिक्षकहरुले बर्षदिनमा साढे १० महिना स्थानीय भत्ता पाउने प्रावधान भएकाले सोही प्रावधान अनुसार मासिक रुपमा स्थानीय भत्ता र तलब भत्ता निकासा गरिदिन आग्रह गरिएको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए ।





