Sagun Khabar
विरेन्द्र मावि शाहीलेकमा अधिकारकर्मी सरस्वती नेपालीद्वारा अक्षयकोष स्थापना 

बैतडी–दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । दशरथचन्द नगरपालिका –४ स्थित विरेन्द्र मावि शाहीलेकमा उनले आफ्ना स्वर्गीय आमा –बुवाको सम्झनामा अक्षयकोष स्थापना गरेकी हुन् । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र अपाङ्गता दिवसको अवसरमा स्वर्गीय आमा बिष्ना नेपाली र स्वर्गीय बुवा नन्दे नेपालीको सम्झनामा अक्षयकोष स्थापना गरेको उनले बताइन् । 

आफूले अध्ययन गरेको विद्यालयमा स्वर्गीय आमा–बुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको र यसले गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने बताइन् । 

विद्यालयमा स्थापना गरिएको ५० हजार रुपैयाँ बराबरको अक्षयकोषबाट गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने नेपालीले बताइन् । 

विद्यालयमा स्थापना गरिएको अक्षयकोषले विद्यार्थीहरुलाई सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update