बैतडीमा मिनि ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
बैतडी - बैतडीमा मिनि ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनाहुदाँ चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले बताए ।
सतबाँज सिरभाँवर सडक अन्र्तरगत भित्री कच्चि सडकमा सुर्नया ४ संन्सेरमाण्डौ देखि धनगढी जादै गरेको भे. १ ख. १६३९ नम्बरको मिनिट्रक सुर्नया गाउँपालिका वडा न. ५ स्थीत कठेगौणा भन्ने ठाउँमा बिहिबार राती दुर्घटना भएको प्रहरी निरीक्षक बडुले बताए ।
ट्रक चालक सुर्नया ४ कौलाडी बस्ने अन्दाजी २८–२९ वर्षका नरेश महराको मृत्यु भएको हो । ट्रक सडक बाट ५० – ६० मिटर तल सुर्नया नदिमा खसेको छ भने घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२ ०९:३१
प्रतिक्रिया दिनुहोस्




