बैतडीको सुर्नयामा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडी–बैतडीको सुर्नयामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका वडा नं ८ सेलाकी ३१ बर्षीया पार्वती साउँदको भीरबाट लडेर बुधबार मृत्यु भएको हो ।
घर नजिकै बाख्रा चराउन गएकी पार्वतीको भीरबाट लडेर घटनास्थलमै ज्यान गएको उनका दाजु हरिसिंह महराले बताए । बुधबार दिउँसो ३ बजेतिर भीरबाट लडेर उनको मृत्यु भएको बताइएको छ ।
मृतक पार्वतीको घरमा दुई छोरा रहेका छन् । उनका श्रीमान रोजगारीको सिलसिलामा दुवइमा रहेका र घरमा घटना भएपछि उनी आज घर फर्किदैछन् ।
पार्वतीको अल्पायुमै मृत्यु भएपछि सेला गाउँ शोकमा डुबेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ ०६:२०
प्रतिक्रिया दिनुहोस्




