बेपत्ता भएका सुर्नयाका राजेश सकुशल फेला परे
बैतडी –गत बिहीबारदेखि बेपत्ता रहेका बैतडीको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १४ बर्षीय राजेश कुँवर सकुशल फेला परेका छन् ।
आइतबार साँझ उनलाई सुर्नया गाउँपालिका–५ बिष्टपालीमा सकुशल फेला पारेको सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक कृष्ण बिष्टले बताए ।
सुर्नया गाउँपालिका–५ स्थित रडीगाउँ मामाको घरमा बस्दै आएका उनी बिहीबार बिहान साढे सात बजे विद्यालय जान्छु भनि घरबाट निस्केका थिए । बिहीबारदेखि बेपत्ता रहेका राजेश फेला नपरेपछि परिवारजनले खोजी कार्य गरिरहेकोमा हिजो फेला परेका बिष्टले बताए ।
राजेश सुर्नया गाउँपालिका–५ स्थित सिद्धनाथ आवि धुलिधारमा कक्षा ८ मा अध्ययनरत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ ०७:५९
प्रतिक्रिया दिनुहोस्




