Sagun Khabar
सुर्नयाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्दै कांग्रेस 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्रका जेष्ठ क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेसले सम्मान गर्न थालेको छ । 

आजदेखि वडा सम्मेलनको आयोजना गर्दै प्रत्येक वडामा रहेका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु भएको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए । 

वडा सम्मेलनको पहिलो दिन वडा नं १, २ र ३ का जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको उपसभापति बिष्टले जानकारी दिए । 

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन र जेष्ठ सदस्यहरुको भूमिकाको कदर गर्दै वडा सम्मेलन र सम्मान कार्यक्रम राखिएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए । 

आजको कार्यक्रममा सभापति चन्दका साथै उपसभापति बिरबहादुर बिष्ट, पूर्व जिल्ला सभापति नरेन्द्रबहादुर थापा, सहसचिव दिपेन्द्रबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

सुर्नया गाउँपालिकाका ८ ओटै वडामा कांग्रेसको वडा सम्मेलन र जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम रहेको सहसचिव चन्दले बताए । 

शुक्रबार वडा नं ५ मा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उपसभापति बिरबहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update