Sagun Khabar
बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

बैतडी - बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकका ४१ वर्षीय गम्भिर चन्द भरुवा बन्दुकसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । 

चन्दको साथबाट एक थान बन्दुक सहित दुई डब्बा बारुद, चार बट्टा ठुलो छर्रा, ३१ वटा सानो छर्रा र एक बट्टा केभ नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बडूले बताए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोली र हल्दुविनायकको प्रहरी चौकीको समन्वयमा शुक्रवार दिउँसो चन्दलाई पञ्चेश्वर गाउँपालिका–४ कै हल्दुविनायकमा पर्ने महाकाली करिडोर सडक खण्डबाट पक्राउ गरिएको प्रहरी निरीक्षक बडूले बताए ।

पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update