बैतडी - बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला आज ३९ दिन पछि खुलेको छ ।
गत असोज २४ गते सूचना नदिएको भन्दै जेनजी र जेनवाई समूहले तालाबन्दी गरेका थिए । जेनजी र जेनवाई समूहका तर्फबाट ११ बुदे माग अघि सार्दै तालबन्दी गरिएको भएपनि गाउँ पालिका र आन्दोलित पक्षबीच सहमति हुन नसक्दा ३९ दिन सम्म पालिकाको कामकाज समेत ठप्प भएको थियो ।
आइतबार बसेको कार्यपालिका बैठकले युवाहरुले उठाएको मागहरू सम्बोधन गरेपछि तालाबन्दी गरिएको ३९ दिनपछि आज सोमबार ताला खोलिएको गाउँ पालिकाका सूचना अधिकारी राम सिँह महराले बताए ।
जनप्रतिनिधी र जेन्जी युवाहरुबिच ताला खोल्ने बिषयमा पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिएन् । आइतबार बसेको कर्यालपालिका बैठकले जेन्जीले उठाएका सबै मागहरु सम्बोधन गर्ने निर्णय गरेको बताइएको छ ।
जेन्जीले उठाएका मागअनुसार कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरु हटाउने निर्णय गरिएको स्रोतमा उल्लेख गरिएको छ । यस विषयमा करारका कर्मचारी भने असन्तुष्ट रहेकाले, उनिहरु पालिकासङ्ग छलफल गरिरहेका बताइएको छ ।




