Sagun Khabar
बैतडीमा चालक बीरभान बिष्ट हत्या प्रकरण : चार जनालाई जन्मकैदको फैसला 

बैतडी–बैतडीको पाटन नगरपालिका–६ का ५१ बर्षीय ट्रक चालक बीरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिए । 

जिल्ला न्यायधीश तीर्थराज भट्टको इजलासले घटनामा संलग्न रहेका चार जनालाई जन्मकैद र एकजना नाबलक रहेकाले १६ बर्ष कैद सजाय सुनाएको श्रेष्तेदार पन्तले जानकारी दिए । 

हत्यामा संलग्न मृतक बीरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी ३६ बर्षीया भागरथी बिष्ट, पाटन–६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ बर्षीय राजेन्द्र भट्टराई र पाटन–६का २६ बर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो । हत्यामा संलग्न १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको श्रेष्तेदार पन्तले बताए । 

गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते चालक बिष्टको हत्या गरिएको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते बीरभानको शव सो स्थानमा फेला परेको थियो ।

२०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । 

उक्त मुद्दामा जिल्ला अदालतले बुधबार फैसला गर्दै चारजनालाई जन्म कैद र एक जना १८ बर्ष मुनिका किशोरलाई १६ बर्षको कैद सजाय सुनाएको श्रेष्तेदार पन्तले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update