बैतडी –बैतडीमा चरेशसहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको पाटन नगरपालिका वडा नं २ सिलङ्गाका ३० बर्षीय सुरेशसिंह ऐरलाई चरेशसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा ऐरले सिलङ्गामा सञ्चालन गरेको खुद्रा पसलमा बिहीबार साँझ साढे सात बजेको समयमा खानतलासी गर्दा पसलभित्र लुकाइ राखेको अवस्थामा २३ ग्राम चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
चरेशसहित नियन्त्रणमा लिएका ऐरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि मंगलबार र बुधबार गरेर पाटन क्षेत्रबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले लागू औषधविरुद्धको अप्रेशन सञ्चालन गरेको प्रहरी निरीक्षक सिंहले बताए । लागू औषधका कारण समाजमा आपराधिक घटनाहरु भइरहेकाले त्यसको नियन्त्रणमा प्रहरी जुटेको उनले बताए ।




