Sagun Khabar
बैतडीमा लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ 

बैतडी –बैतडीमा लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । 

एकजनालाई मंगलबार (हिजो) र एकजनालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

पक्राउ पर्नेमा पाटन नगरपालिका वडा नं ६ कडालीका २३ बर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरका का ३० बर्षीय हिमाल भट्ट रहेका छन् । 

कठायतलाई बुधबार दिउँसो साढे १२ बजेको समयमा पाटन बजार क्षेत्रबाट ३ ग्राम २२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

बजार क्षेत्रमा हिँडिरहेका कठायतलाई शंकाको आधारमा चेकजाँच गर्दा कम्मरमा लुकाइ राखिएको अवस्थामा सो परिमाणको लागू औषध खैरो हेरोइन फेला परेको प्रहरी निरीक्षक सिंहले बताए । 

यस्तै मंगलबार पक्राउ परेका भट्टको साथमा ६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार साँझ साढे पाँच बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

दुवैजनालाई सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय पाटनको समन्वयमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्ष सिंहले बताए । 

बैतडीमा प्रहरीले लागू औषधविरुद्धको अप्रेशन शुरु गरेको पनि जनाइएको छ । लागू औषधका कारण थुप्रै युवाहरु दुव्र्यसनमा फसेकाले लागू औषधविरुद्धको अप्रेशन शुरु गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update