Sagun Khabar
सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत धानुकको सरुवा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २५ गते सचिवस्तरीय निर्णयबाट धानुकको सरुवा गरेको हो । मन्त्रालयले १२ जना उपसचिव र ३१ जना शाखा अधिकृत गरि ४३ जनाको एकै पटक सरुवा गरेको हो । 

गएको साउन १५ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका धानुकलाई मन्त्रालयले निर्वाचन आयोगमा सरुवा गरेको हो । मन्त्रालयले तीन महिनामै धानुकको सरुवा गरेपछि फेरि सुर्नया गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा चल्ने देखिएको छ । 

गाउँपालिकामा गएको असोज २४ गतेदेखि तालाबन्दी जारी रहेको छ । तालाबन्दीकै बीचमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो । तालाबन्दी खुल्ने बिषयमा अहिलेसम्म सहमति हुन सकेको छैन् । 

लामो समयदेखि तालाबन्दी हुँदा सेवाग्राहीलाई समस्या भएको छ । तालाबन्दीकै बीचमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि गाउँपालिकाको समस्या झन् पेचिलो बन्दै जाने देखिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update