Sagun Khabar
कैलालीको चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका पन्तको शव भेटियो 

कैलाली– कैलालीको खानीडाँडास्थित चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको शव भेटिएको छ । शनिबार चिफ्ले झरनामा चिप्लिएर बेपत्ता भएका डडेल्धुराका २१ बर्षीय खगीराज पन्तको शव फेला परेको हो ।

उनको शव आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । पन्तको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update