बैतडी–बैतडीस्थित शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको अध्यक्षमा दुर्गादत्त जोशी चयन भएका छन् ।
प्रतिष्ठानको आइतबार सम्पन्न भएको ३२ औं बार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा निर्विरोध रुपमा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा मानबहादुर भाट,सचिवमा बिष्ना चन्द, सहसचिवमा कैलाश महर र कोषाध्यक्षमा जयदेव जोशी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अञ्जु चन्द, नन्दा भट्ट, गणेशबहादुर चन्द, रोशन भट्ट, हरिराम टमाटा, घनश्याम लेखक, रामसिंह रावल र चन्द्रसिंह थापा चयन भएका छन् ।
यस्तै नरेन्द्रबहादुर चन्द र हरिश रावललाई सदस्यमा मनोनित गरिएको अध्यक्ष जोशीले बताए ।
शहीद दशरथ चन्दका बिषयमा खोज, अनुसन्धान र अध्ययनका लागि २०५१ सालमा प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउन पहल गरिएको भएपनि अहिलेसम्म सफल हुन नसकेको अध्यक्ष जोशीले बताए ।
प्रतिष्ठानकै अगुवाईमा शहीद चन्दको जन्मघरलाई संग्रहालयको रुपमा विकास गरिएको प्रतिष्ठानकी सचिव विष्ना चन्दले बताइन् । आगामी दिनमा प्रतिष्ठानका तर्फबाट गर्न सकिने सामाजिक कामहरुलाई अगाडि बढाउने योजना रहेको उनले बताइन् ।




