पावरप्लेमा यूएईले गुमायो २ विकेट, नन्दन र करणले लिए विकेट
आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको अन्तिम खेलमा यूएईले नेपालविरुद्ध २ विकेट गुमाएर ४२ रन बनाएको छ।
दुबईस्थित आइसीसी एकेडेमीमा नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले सुरुवाती २ विकेट सस्तैमा गुमायो। पहिलो ओभरको अन्तिम बलमा करण केसीले आर्यान्स शर्मालाई डकआउटको रुपमा पेभेलियन फर्काए। कप्तान अलिशान शराफू १८ रनमा क्याच आउट भए। उनलाई अर्का तीव्र गतिका बलर नन्दन यादवले रोहित कुमार पौडेलको हातमा क्याच गराए।
१० ओभरको खेल सकिँदा यूएईका लागि मोहम्मद सहदाद र सोइब खान समान १०/१० रन बनाएर खेलिरहेका छन्। यस अघिको तीन खेलमा नेपालले ३ खेलमा हार बेहोरेको छ। नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रन, दोस्रो खेलमा यूएईसाग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले हार बेहोरेको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्





