Sagun Khabar
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान देशभर मनाउँदै

बैतडी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी मङ्सिर ९ देखि २४ गतेसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान देशभर मनाउने जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल क्षेत्रबाट बालबालिका र महिलाविरुद्ध हुने हिंसालाई अभियानको मूल प्राथमिकतामा राखिएको जानकारी दिए ।

१६ दिने अभियानले हिंसामुक्त समाज निर्माण र महिलाको अधिकारप्रति चेतना तथा संवेदनशीलता सुदृढ गर्ने लक्ष्य राखेको मन्त्रालयका सह–सचिव आभा श्रेष्ठ कर्णले बताए ।

बैठकमा सरोकारवालाहरुले डिजिटल प्रविधिको समावेशसँगै १६ दिने अभियानमार्फत आगामी निर्वाचनमा महिलाको सहभागिता बढाउने र विद्यालयमा बालबालिकामाथि हुने दुर्व्यवहारमाथि ध्यान केन्द्रित गर्ने विषयमा ध्यानाकर्षण गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update