कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुर –कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनामा परेको हो ।
पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुरको बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
दुर्घटनमा घाइते भएका उनलाई उपचारका लागि वाणी अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा बोहराको मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए ।
बसमा सवार अन्य चार जना सकुशल छन् भने वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२ १२:२९
प्रतिक्रिया दिनुहोस्





