बझाङमा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध 
                        
                        
                                                
                                            
                                                                    बझाङ– पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङको सदरमुकाम चैनपुरको चौडमा पहिरो जाँदा सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडकखण्ड अवरुद्ध भएको हो ।
जयपृथ्वी नगरपालिका–९ सिमखेतमा सडक भत्किएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सवारी साधनहरु ठप्प भएका छन् । अवरुद्ध सडक खुलाउन प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १५:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
