Sagun Khabar
सकियो त्रिपुरासुन्दरीको जात्रा, हजारौंले गरे दर्शन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेका जात्रा आज समापन भएको छ । 

यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपाल र भारतका हजारौं दर्शनार्थीहरुले दर्शन गरेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । 
त्रिपुरासुन्दरी भगवतीको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । 

त्रिपुरासुन्दरीको जात्रामा यो बर्ष ७० राँगा र १ सय ५० बढी बोकाको बलि चढाइएको छ । यो मन्दिरमा पशु बलिसहित जात्रा हुने गर्दछ । 

त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । टाढाका दर्शनार्थीहरु भाकलसहित मन्दिरमा पुग्ने गरेका थापाले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा १४ औं शताब्दीबाट पूजाआजा शुरु भएको विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update