Sagun Khabar
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

कञ्चनपुर –कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । सोमबार जंगली हात्तीको आक्रमणबाट बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको हो । 

साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

आचार्यको खोजी गर्दै जाँदा पुष्पलाल स्मृति सामुदायिक वनमा शव भेटिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update