Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिकामा जेनजी समूहले बुझायो ज्ञापन पत्र

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकालाई जेनजी समूहले आइतबार ज्ञापन पत्र बुझाएको छ । 

विभिन्न २४ ओटा माग राखेर गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको जेनजी समूह पञ्चेश्वरका संयोजक जयबहादुर चन्दले बताए । 

गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले ७ दिनभित्र आफूले राखेका मागहरु सूचना दिन आग्रह गरेका छन् । 

जेनजी समूहले गाउँपालिकालाई बुझाएको ज्ञापन पत्रमा विभिन्न कार्यक्रममा भएको खर्चको विवरण माग गरिएको छ । २०७४ सालदेखि पालिकाले विभिन्न कार्यक्रममा गरेको खर्चको विवरण माग गरिएको जेनजी समूहले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकामा आइतबार जेनजी समूह पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।  

2-1760321224.jpg
3-1760321240.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update