Sagun Khabar
बैतडीमा १९ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ 

बैतडी –बैतडीमा एक किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोरलाई पक्राउ गरिएको छ । 

जिल्लाको पाटन नगरपालिका–६ भडालीका १९ बर्षीय रोहित लुहारले १९ बर्षकी किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

किशोरीले आफूमाथि जबरजस्तीकरणी गरेको जाहेरी इलाका प्रहरी कार्यालय पाटनमा दिएकी थिइन् । सोही जाहेरीका आधारमा लुहारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

पक्राउ परेका लुहारमाथि जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update