नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाण्डौ – नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० गोलको फराकिलो अन्तरले जीतेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।
दुई खेलमा विजयी भएको बङ्गलादेश समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ । समूह चरणको खेलमा बङ्गलादेशले नेपाललाई पनि ४–० गोलले हराएको थियो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजना चलिरहेको प्रतियोगिता आउँदो असोज ११ गते शनिवारसम्म चल्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ ०७:४७
प्रतिक्रिया दिनुहोस्