Sagun Khabar
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा सुचारू

कञ्चनपुर –जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि शुरुवात गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका सेवा शुरु गरिएको उनले बताए । 

तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update