डडेल्धुरा कारागारका कैदीबन्दी भागे

डडेल्धुरा –डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन् । बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन् ।
कारागारमा १ सय २७ जना कैदीबन्दी रहेकोमा ८४ जना भागेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै रहेका उनले बताए ।
कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १०:१०
प्रतिक्रिया दिनुहोस्