Sagun Khabar
गृहमन्त्री लेखकद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर –गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । 

यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए । उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निमार्ण गर्नेगरी बजेट विनियोजन भइसकेको जानकारी दिए ।

यसैबीच, गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् । जोगबुढा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलका २५ घर डुबानमा परेका छन् । त्यसैगरी दोधारा चाँदनी–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपीसमेत विस्थापित भएका थिए ।

बाढी प्रभावितहरुका समस्या समाधानका लागि सरकार लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update