डडेल्धुराको रंगुन खोलामा बगेर एकजनाको मृत्यु

डडेल्धुरा –डडेल्धुराको रंगुन खोलामा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–३ नवलपुरका ५४ बर्षीय ईश्वर बुढामगरको रङ्गुन खोलामा बगेर मृत्यु भएको हो ।
गएको बुधबार राति करीब दुई बजे घरबाट निस्केका उनी हराएपछि परिवारले खोजी गरेको थियो ।
खोजीक्रममै शुक्रबार साँझ ५ बजे परशुराम नगरपालिका–१२ तुलाभाडीस्थित रङ्गुन खोलाको किनारमा उनको शव फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२ ०९:४३
प्रतिक्रिया दिनुहोस्