Sagun Khabar
सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणको बेला हुन्छ : गृहमन्त्री लेखक

कञ्चनपुर –गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला हुने बताएका छन् । 

आज नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् । 

कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीबासीको अवस्था फेरिएको उनले बताए । महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि दोधारा–चाँदनी सुरक्षित बनेको उनको भनाइ छ । 

उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली काँग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि काँग्रेसले गर्नुपर्ने धारणा राखेका छन् । गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न काँग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update