Sagun Khabar
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडी - बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको पाटन  नगरपालिका वडा न ७  दनखोलाकी  ५४ वर्षीय पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको  बिद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको मृत्यु भएको हो । पार्वतीलाइ करेन्ट लागेको आफ्न्तले खबर गरेपछि प्रहरीको टोलि घटनास्थल पुगेको हो । 

मृतक भट्टको शव परीक्षणका लागी पाटन प्राथमीक स्वास्थ्य केन्द्र ल्याइएको प्रवक्ता पाण्डेयले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update