Sagun Khabar
बैतडीको गुरुखोला क्षेत्रमा चितुवाको त्रास 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ । चितुवाले लगातार किसानहरुले पालेका बाख्रा खान थालेपछि चितुवाको त्रास बढेको हो । 

मानव बस्ती नजिकै दिउँसोको समयमा समेत चितुवा देखिन थालेको स्थानीय बिरबहादुर टेरले बताए । चितुवाले किसानहरुले पालेका बाख्रा गोठमै पसेर खान थालेको उनले बताए । 

दशरथचन्द नगरपालिका वडा नं १ को गुरुखोला क्षेत्र र वडा नं २ को देहीमाण्डौं क्षेत्रमा चितुवा दिउँसै देखिन थालेको टेरले बताए ।

गाउँबस्ती नजिकै चितुवा देखिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । साँझ र रातिको समयमा बाहिर निस्किँदा ख्याल गर्नुपर्नेमा जोड दिइएको छ । 

वनजंगलमा घाँस –दाउरा जाँद सामूहिक रुपमा जाने, रातिको समयमा नहिड्ने, घर बाहिर निस्किन परे उज्यालोको व्यवस्था गरेर मात्रै निस्किनुपर्ने कुरामा जोड दिइएको छ । 

चितुवाको आक्रमणबाट बच्नका लागि सुरक्षाका उपायहरु अपनाउन डिभिजन वन कार्यालयले समेत आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update