Sagun Khabar
बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते,३ जनाको अवस्था गम्भीर

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाकोे दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो । गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताए ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका– ११ ग्वालेकका ५० वर्षिया हरिना जोशी, दशरथचन्द नगरपालिका– ६ का २१ वर्षिय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका– ४ का ३४ वर्षिय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका– ४ का २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षिय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षिय रिकेश पार्कि रहेका छन् । 

यस्तै पुर्चाैडी नगरपालिका– ५ का २८ वर्षिय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका – ४ का २३ वर्षि य जनक भट्ट, पाटन नगरपालिका– ९ का १८ वर्षिय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका– ९ का २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएको बडूले बताए ।

जीपमा चालक सहित जम्मा १३ जना सवार थिए । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताए ।

चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारण बुझिरहेको प्रहरी रिक्षिक बडुले बताए । दुर्घटनाको कारण भने खुलेको छैन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update