
बैतडी –नेपाली कांग्रेसले जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरेको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकामा आइतबार र सोमबार आयोजना गरिएको कार्यक्रममा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
वडा सम्मेलन, क्रियाशील सदस्यता फारम वितरण, क्रियाशील सदस्यता कार्ड वितरण र जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरिएको सचिव जोशीले बताए ।
डिलाशैनी गाउँपालिका वडा नं १,२ र ३ को संयुक्त कार्यक्रम वडा नं २ मा हिजो सम्पन्न गरिएको थियो भने वडा नं ५ र ६ को संयुक्त कार्यक्रम आज गोकुलेश्वरमा सम्पन्न गरिएको सचिव जोशीले बताए ।
दुवै ठाउँमा ७१ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको बताइएको छ । जिल्ला सभापति चतुरबहादुर चन्दको उपस्थितीमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको हो ।
अहिलेसम्म ५४ वडामा वडा सम्मेलन सम्पन्न गरिएको र ५४ ओटै वडाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको सभापति चन्दले बताए । जेष्ठ क्रियाशील सदस्यहरुले पार्टीमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्ने गरिएको उनले बताए ।
नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक वडामा सम्मेलन गर्ने कार्य गर्नुका साथै क्रियाशील सदस्यता वितरण काम भइरहेको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश बोहराले बताए ।
डिलाशैनीमा सञ्चालन भएको कार्यक्रममा सभापति चन्दका साथै उपसभापति खगेन्द्रसिंह धामी, पूर्व सभापति नरेन्द्रसिंह थापा, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, कोषाध्यक्ष चक्रबहादुर चन्द, क्रियाशील सदस्य छानबिन समिति संयोजक रमेश बोहरा, महाविधेवशन प्रतिनिधि कर्णसिंह साउँद लगायतका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।